विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण कार्यशाला
zeenepal
२०८० चैत्र २९,
3
Shares
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बैजनाथ उपशाखाको आयोजनामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त कार्यशालामा पालिका अध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्ष र विषयगत शाखाका प्रमुखहरू, नेरेसो बैजनाथ उपशाखा कार्यसमिति र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो पालिका स्तरको तयार भएको योजनालाई अन्तिम रूप दिन सहभागीहरूबाट सुझाव सङ्कलन गरिएको छ ।
उक्त योजना आगामी पालिका बोर्डबाट स्वीकृति हुनेछ कुरा सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिनुभएको छ । नेरेसो बैजनाथ उपशाखाका सभापति प्रकाशचन्द चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यशालाको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नुभएको थियो ।कार्यक्रम सञ्चालन नेरेसो बैजनाथ उपशाखाका सचिव राजाराम शर्माले गर्नुभएको थियो।