नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले प्रकाशनमा ल्याएको भित्तपात्रो विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् कांग्रेस महामन्त्री गगन थापाले शनिबार बेलुका २०८१ सालको भित्तपात्रो नेपालगन्जमा विमोचन गरेका हुन् ।
नेपाली कांग्रेस बाँकेको कार्यालयमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८१ सालमा कांग्रेसलाई पुर्नजागरण गर्नुपर्ने बताए । पुर्नजागरणको लागि पार्टीभित्र सुद्धृढिकरण र पार्टीभित्र शुद्धिकरण हुनुपर्ने उनको भनाई छ ।
‘२०८१ सालमा कांग्रेस लोभबाट मुक्त हुनुपर्छ, सत्ताको लोभबाट मुक्त हुनुपर्छ,’ उनले भने । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, पुर्वसभापति कृष्णमान श्रेष्ठ लगायत नेता तथा कार्यकर्ता, सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।