नेपालगन्ज : भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढी मुल्यको सामानसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ र १६ बाट सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर चोरी निकासी पैठारी गरी ल्याएको लेडिजसुट, टायल, कार्पेट, कस्मेटिक लगायत सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले जानकारी दिए । बरामद गरिएको सामानको मुल्य अन्दाजी २ लाख १० हजा रहेको उनले बताए ।
सामान तस्करीमा प्रयोग भएका २ वटा मोटरसाईकलसहित २ जना ब्यक्तिलाई पनि नियन्त्रणमा लिइएको डिएसपी डाँगीले जानकारी दिए । तर, नियन्त्रणमा लिइएका ब्यक्तिको नाम भने खुलाइएको छैन । बरामद गरिएको सामान, मोटरसाईकल र ब्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डाँगीले बताए ।