१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना : प्रधानमन्त्री
zeenepal
२०८१ बैशाख ४,
3
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना भएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको बताएका हुन् ।
तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुनु एउटा बिडम्वना पनि भन्न सकिन्छ । अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ । मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो’, उनले भने ।प्रधानमन्त्री प्रचण्डले कुनै दलले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको महशुस नहोस् भनेर काँग्रेसबाट राष्ट्रपति निर्वाचित गर्न सहयोगगरेको जिकिर गरे ।
दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली कांग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो’, उनले भने ।प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति दिलाउने पनि बताए ।