काठमाडौं । सरकारले तीन हप्ता लगाएर १७ जना सचिवको सरुवा गरेपछि सहसचिवहरुको पनि सरुवा गर्ने तयारी गरेको छ ।तर, नयाँ सत्ता समीकरण बनेपछि नयाँ मन्त्रीहरुले सरुवाको अवधि नै नपुगेका सहसचिवहरु मनपरी ढंगले फेर्न खोज्दा समस्या देखिएको छ ।कतिपय मन्त्रीहरुले आफ्ना मन्त्रालयका धेरै सहसचिव फेर्न खोजेपछि सरुवाको निर्णय नै अलमलमा परेको छ । मन्त्रीहरूले आफू र आफ्नो दल निकटका कतिपय सहसचिवको संघबाट प्रदेशमा हुन लागेको सरूवा रोक्ने र प्रदेशमा कार्यरतहरुलाई छोटो अवधिमै संघमा ल्याउन खाेज्दा यसअघि पनि यस्तै समस्या देखिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार करिब एक हप्ताअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव सरुवाको सूची तयार गरेर मन्त्रिपरिषदमा पठाएको थियो । तर, मन्त्रिपरिषद बैठकले सहसचिव सरुवाको अन्तिम सूची तयार गर्न सकेको छैन ।
ADVERTISEMENT

