देउवाले भने : आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्
zeenepal
२०८१ बैशाख १४,
3
Shares
काठमाडौंं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका छन् ।शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौं साधारण सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए । देउवाले भने, ‘हरेक राजनीतिक परिवर्तन र उपलब्धिमा तपाईंहरूको भूमिका छ । अबको निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत दिलाउन आजै अभियान थाल्नुस् ।देउवाले सरकार परिवर्तन भइरहे पनि कर्मचारीतन्त्र स्थायी हुने बताए । ‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई छ,’ उनले भने, ‘सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।