नेपालगंज १७ बैशाख, हिटवेभको जोखिममा रहेका समूहलाई सचेतना जागरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वयंसेवक परिचालन गरेको छ । हरहेक वर्ष गर्मीयाममा तराईका जिल्लाहरुमा तापक्रम बढदै गरेको जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै आगमी ५ दिनसम्म निरन्तर तापक्रम बढी रहने बताइएको छ ।
उक्त अवस्थालाई मध्यनगर गरी नेपालगंज उमहानगरपालिका वडा नं. २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेका घरपरिवारहरु जस्तै टिनको छाना भएको घर, दिर्घ स्वास्थ्य समस्या भएका विरामी, गर्भवति, सुत्केरी, बालबालिका, जेष्ठनागरिक, अपांगता भएकालगायत संकटासन्न ब्यक्तिहरुको घर घरमा पुगी सचेतनीमूलक सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरयासी स्तरमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने विमारको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा घरमै पुगेर स्वयंसेवकहरुले सुसूचित गर्नेछन। अमेरिनक रेडक्रस, नेपालगंज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगंज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम संचालन भैरहेको छ ।