धनगढी । १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।
ADVERTISEMENT