
भारतीय टेलिभिजन एनडिटीभीको अनलाइन संस्करणमा उल्लेख समाचार अनुसार विदेश मन्त्री जयशंकरले नेपालले अग्निपथ योजना सामेल नभएको कारणले नभई भारतको हितलाई दृष्टिगत गर्दै केही नीतिमा परिवर्तन गर्न सकिने बताए ।
उनले भने, ‘ अग्निपथ योजना भारतको हितमा ल्याइएको हो । यसले अरूको हितमा के फरक पार्छ त्यो सरोकारको विषय होइन, भारतको हितमा जे राम्रो हुन्छ त्यही गरिन्छ ।’ उनले नेपाल जलस्रोत र बिजुलीमा धनी देश भएको उल्लेख गर्दै त्यसको भारत पनि ग्राहक भएको तर नेपाल राजनीतिक कारणले तयार नभएको बताए ।
उनले भने, ‘नेपाल श्रीलङ्कालाई आफ्नो बिजुली बेच्न तयार छ । श्रीलङ्कालाई यो कुराको थाह छ कि वास्तवमा उसलाई कसले सहयोग गरेको हो ।’छिमेकी देशको बिचमा सम्बन्ध बलियो हुने कुरामा जोड दिँदै उनले भारतको बारेमा बंगलादेशको सोच मौलिकरुपमा परिवर्तन आएको दाबी गरे ।