गृह जिल्लामा ईस्तियाकलाई छाडे नेताले साथ,शाह पनि यादवतिर
zeenepal
२०८१ बैशाख २८,
12
Shares
नेपालगन्ज : नवगठित जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईलाई आफ्नै गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ छाडेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरु नेता ईस्तियाक तिर जाने अनुमान भइरहेका बेला अहिले धमाधम उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल जसपामै रहेको कुरा बाहिर आएको हो ।
जनता समाजवादी पार्टी, नेपाल जसपा का संघिय परिषद सदस्य एवम् बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले पनि आफुसहित सिंगो नरैनापुर क्षेत्रका कार्यकर्ता उपेन्द्र यादवको साथमा रहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तीमा गाउँपालिका अध्यक्ष शाहले दल विभाजन असम्बैधानिक रहेको बताएका छन् । कुनैपनि निर्वाचित जनप्रतिनिधिले निर्वाचन आयोगमा गएर सनाखत गरेको खण्डमा निर्वाचित निर्वाचित जनप्रतिनिधिहरुको पद स्वतः खारेज हुने भएकोले जनता समाजवादी पार्टी, नेपालमा रहेका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि सचेत रहन अध्यक्ष शाहले आब्हान गरेका छन् ।