काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ उनीहरूले कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिदिएको अख्तियारको छ ।
ADVERTISEMENT

