
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गरी अस्पतालहरूमा शल्यक्रिया लगायतका सेवाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषणको अवस्था, सेवाको गुणस्तर एवं प्रक्रिया लगायतका विषयवस्तुहरू साथै अस्पतालहरूबाट प्रदान हुने बहिरंग सेवा, प्रयोगशाला सेवा र रेडियोलोजी सम्बन्धी सेवा, तथा अस्पतालहरूमा बिरामीको चाप, जनशक्ति,
साधन स्रोत एवं अन्य पूर्वाधारहरुको अध्ययन गरी प्रभावकारी व्यवस्थापनको लागि ३ महिना भित्र गर्न सकिने अल्पकालीन कार्ययोजना, १ आ.व. भित्र गर्न सकिने मध्यकालीन कार्ययोजना र ५ वर्षभित्र गर्नुपर्ने कार्ययोजना समेत तयार गरी २ हप्ता भित्र अध्ययन प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको जानकारी पनि गराउँदछौँ ।अस्पतालहरूमा समयमा बिरामीले उपचारका लागि पालो नपाएकोलगायतका गुनासोहरू आइरहेकाले त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।