
यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौँ भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रूपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ । आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन । हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरू छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’
मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके परनिर्भर हुनु नपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरू जनता र सरकारबिचको पुल बन्नुपर्ने बताइन् । सबैले आफूलाई विना बर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ । हामी विना बर्दीका राष्ट्रका पहरेदार हौँ भन्ने कुरा सम्झिनुपर्यो । मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्यो नि होइन ?’