काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गरेको सञ्चारमन्त्री शर्माको सचिवालयले जनाएको छ ।भेटमा मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरिन् ।
ADVERTISEMENT