
अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ‘यो चुनाव प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन । बहुमत नआउँदा ३२ सिट ल्याएको माओवादीको अहिले सरकार छ । त्यसमा एमालेसहितका दलहरू सहभागी छन् । देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक छ,’ उनले भने ।नेता कोइराला शुक्रबार र शनिबार धनुषामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।