
आफू नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाए । प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचना प्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मक रूपमा फाइदा लिन सकिने बताए ।नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।