[caption id="attachment_1207" align="alignnone" width="1446"] त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन् ।[/caption]
आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ । भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनसँग आग्रह गरे । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडमा निर्माण गर्ने लक्ष्य छ । उनले प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेपनि बताए । उनले अबका दिनमा विमानस्थलमा हुने फोहोरलाई व्यवस्थापन गर्न निर्देशन दिए । मन्त्री आलेले विमानस्थलमा सरसफाइलाई ध्यान दिन पनि आग्रह गरे ।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन धेरै पुरानो भएकोले निकट भविष्यमा नै त्रिभुवन विमानस्थलको अर्को टर्मिनल भवनको खरिद प्रक्रिया सुरु गर्ने बताउनु भयो । आज नै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनको स्टोराइल हलको विस्तारित कक्ष तथा बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउटेनसहितको रोटरी आइल्याण्डको पनि उद्घाटन भएको छ ।
ADVERTISEMENT