
गैरकानूनी रूपमा भर्ना गरिएका कामदारलाई काममा नलगाउन विभागले पत्राचार गरेको थियो । तर, उक्त पत्रको कुनै जवाफ नदिई बसेको भन्दै विभागले कानुन अनुसार जरिवाना गरेको हो । त्यस्तै गोर्खा बुअरीलाई श्रमिक आपूर्ति गर्ने आले सप्लायर्सलाई समेत दुई लाख रूपैयाँ जरिवाना गरिएको छ । श्रम ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान विपरीत श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र नवीकरण नगरी श्रमिक आपूर्ति गरेको भन्दै विभागले जरिवाना गरेको हो । श्रमिक आपूर्तिकर्ता र श्रमिकलाई काममा लगाउने दुवैलाई कारबाही गरिएको निर्देशक गोपले बताए ।