
तत्काल निकासा गर्न अर्थ मन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा जाने समानीकरण रकम तत्काल निकासा गर्न निर्देशन दिएका छन् ।आगामी आवको बजेट कार्यान्वयनका लागि भन्दै शुक्रबार मन्त्रालयमा आयोजित सचिव तथा सहसचिवहरूसँगको बैठक उनले यस्तो निर्देशन दिएका हुन् ।
‘७ सय ५३ वटै स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । समानीकरणको बजेट भरसक शतप्रतिशत नै पठाऔं । नभए पनि अघिल्लो वर्षको भन्दा बढी जाने व्यवस्था मिलाऔं’, मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिँदै भने ।यसअघि सरकारले केन्द्रमा स्रोतको अभाव रहेको र तल्लो सरकारमा खर्च नभई धेरै रकम बसेको भन्दै वित्तीय समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।सरकारको यो कदम संविधानको मर्म विपरित भएको र यसबाट स्थानीय सरकारहरुको हिसाब किताब समेत बिग्रिएको भन्दै आलोचना भइरहेको छ ।