नेपालगन्ज : भन्सार छलेर भण्डारण गरी राखेको ठूलो परिमाणको लत्ता कपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिकबाट बरामद गरेको हो ।न्यूरोडस्थित एक घरबाट उक्त लत्ता कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डिएसपी नारायण डाँगीले जानकारी दिए । भानुचोकस्थित सोनी गुप्ताले आफ्नो घरमा भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याई भण्डारण गरी राखेको अन्दाजी ३८ लाख ३९ हजार २ सय बराबरको लत्ता कपडा प्रहरीले बरामद गरिएको उनले बताए ।
गुप्ताले आफ्नो घरमा विभिन्न डिजाईनका कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस र साडी ८ सय ४० पिस भण्डारण गरी राखेको प्रहरीको भनाई छ । बरामद गरिएको ४ हजार २७४ पिस कुर्ता सुरुवालको अन्दाजी मूल्य ३४ लाख १९ हजार दुई सय र ८ सय ४० पिस साडीको अन्दाजी मूल्य ४ लाख २० हजार गरि अन्दाजी ३८ लाख ३९ हजार दुई सय बराबर रहेको बताइएको छ ।बरामद गरिएको सामान र सुनिललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाएको प्रवक्ता डाँगीले बताए ।
ADVERTISEMENT

