नेपालगन्ज : नेपाल प्रेस युनियन बाँके शाखाले सोमबार नेपालगन्जस्थित पत्रकार महासंघको कार्यालयमा धर्ना दिएको छ । महासंघ केन्द्रले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको बिरोधमा युनियनको केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिइएको युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले जानकारी दिए ।
महासंघको केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला शाखामा एकैसाथ धर्ना दिने कार्यक्रम रहेकाले महासंघ बाँके शाखामा पनि युनियन बाँकेले धर्ना दिएको थियो । सो क्रममा अध्यक्ष ढकालको नेतृत्वमा लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, प्रदेश कार्यसमिति सदस्य गौरब गिरी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार राकेशकुमार मिश्र प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।
ADVERTISEMENT