खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
zeenepal
२०८१ असार १७,
6
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न घरेलु प्रतियोगिताहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरूको भूमिका उल्लेख्य हुने बताए । उनले प्रकाश दाहाल युवाहरूको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए । उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभई योगदानलाई पनि जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।