बुटवल । रुपन्देहीमा सुन तथा चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित भारत महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय उपेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको संयुक्त टोलीले युपी ५६ एडि ८०३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका सुनारलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

