परराष्ट्रमन्त्री आरजु देउवासँग चिनियाँ राजदूत सोङको भेट
zeenepal
२०८१ श्रावण २,
6
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।बुधबार परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशका विभिन्न विषयमा छलफल भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार मात्र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्री राणासँग भेट गरेका थिए । भारतीय विदेश मन्त्री एस जयशंकर, पाकिस्तान तथा माल्दिभ्सका विदेश मन्त्रीले पनि परराष्ट्र मन्त्री राणालाई बधाई दिइसकेका छन् ।