
असार १६ देखि २० गतेसम्मलाई तय भएको महाधिवेशन असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेर सकिएको थियो । जसमा अध्यक्ष महासचिव र सम्मानित नेतामा पुरानै अनुहार क्रमशः माधवकुमार नेपाल, घनश्याम भुसाल र झलनाथ खनाल दोहोरिएका छन् । महाधिवेशनमा अध्यक्ष र महासचिव पदबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य मतदानमार्फत चयन गर्नुपर्ने अधिकांश महाधिवेशन प्रतिनिधिहरूको सुझावविपरीत सिङ्गो कमिटी नै सर्वसम्मत गर्ने नाममा नेतृत्व मतदानबाट पछि हटेको थियो ।