काठमाडौँ — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने प्रतिबद्धता जनाए ।
उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।विभिन्न कारणवश यो ढिलाई हुन गएको छ । यहाँ सम्माननीय सभामुख, अध्यक्षज्युको इन्ट्रेष्ट के हो भने यो ढिलाई किन भयो, अथवा कन्ट्रोभर्सी केही छ कि ? यसमा अझ राम्रो गर्न सकिन्छ कि ? भन्ने कुरा हो उहाँहरुको' उपप्रधानमन्त्री सिंहले भने,'यो राष्ट्रिय प्राथमिकताको योजना पनि हो । म यो मन्त्रालयमा आएको छु । यसमा तपाईंहरुसँग टचमा भएर यसको जानकारी गराएर टाईमली यसमा सकेसम्म यसमा अझ प्रगति राम्रो गर्नका लागि प्रयास गर्नेछु ।’