
सर्वोच्चमा मुद्दाको चाप धेरै भएकाले नियुक्ति गर्नुपर्ने दबाबमा प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । परिषद् स्रोतका अनुसार शुक्रबार सहमति भएका न्यायाधीशको नाम टुङ्गो लगाउने नत्र नामहरूको रोष्टर तयार गरिने छ । उक्त नाममा अर्को दिन छलफल हुने छ । सर्वोच्चको हकमा दुई तर्कमा बहस भइरहेका छ ।प्रधानन्यायाधीश श्रेष्ठ र केही सदस्य बाहिरबाट न्यायाधीश नल्याउने भन्दै उच्च अदालतका मुख्य न्यायाधीशबाट बनाउने पक्षमा छन् भने कानुनमन्त्री र बारका सदस्य भने कानुन व्यवसायीलाई पनि समेट्नुपर्ने पक्षमा छन् । त्यस्तै उच्चमा भने सबैलाई समेट्ने कुरामा सबै सदस्य सहमत छन् तर कोटाको विषयमा भने विवाद रहेको छ ।