काठमाडौं ३१ जेठ। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावबारे समिक्षा भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको प्रतिवेदनमा आधारित भएर छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘स्थानीय निर्वाचनको समिक्षा गर्न स्थायी कमिटी बैठक डाकिएको हो । बैठकमा पेश भएको प्रतिवेदनमाथि मंगलबार छलफल सुरु भएको छ’, नेता खनालले भने, ‘बैठक केही दिन चल्छ ।’ मंगलबारको बैठकमा तल्ला कमिटीबाट आएको चुनावी रिपोर्ट र नतिजाका आधारमा पार्टीलाई भएको फाइदा र बेफाइदाका बारेमा नेताहरुले धारणा राखेका छन् ।
ADVERTISEMENT