काठमाडौँ । सरकारले सङ्घीय भूउपयोग परिषद् गठन गरेको छ । २०७६ सालदेखि गठनको प्रयास भए पनि सफल हुन नसकेको भूउपयोग परिषद् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गठन गरेका हुन् । मन्त्री अधिकारीको अध्यक्षतामा गठित परिषद्मा विभिन्न विषयगत मन्त्रालयका सचिवहरूसहित नेपाल सरकारका पूर्वसचिव डा.रेवतीरमण पौडेल, खाद्य सुरक्षा विज्ञ डा. यमुना श्रेष्ठ, भूउपयोग योजना विज्ञ डा. रेश्मा श्रेष्ठ र भूमि विशेषज्ञ जगतबहादुर देउजा सदस्यको रुपमा रहेका छन् ।
ADVERTISEMENT

