नेपालगन्ज भदौ : नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि छन् ।
विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका ती रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप ( विनियम ९१०० को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएका केन्द्रिय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
ADVERTISEMENT