
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा स्वायत्त थरुहट प्रदेश माग गर्दै भएको आन्दोलनमा केही प्रहरी र बालकको ज्यान गएको थियो । उक्त घटनाको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल र एफ एम स्टेसनमा आगजनी गरिएको थियो ।सोही घटना अभियोगमा रेसम चौधरी लगायत ५२ जना माथि मुद्दा लगाइएको थियो । महतोले थारु लगायत सम्पूर्ण उत्पीडित समुदायमा अब छुट्टाछुट्टै होइन एकीकृत भएर नव सङ्घर्षको उठान गर्न आह्वान समेत गरेका छन् ।
