
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ उनले भने । युवाले राखेको विरोध राज्यले सुन्न सक्नु पर्ने भनाइ उनको थियो । ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उनले थपे ।