
उनले भने, ‘मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाऊँ । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरू विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ ।सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।