
उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास रहेको छ ।चेपाङ समुदायको यो राष्ट्रिय धार्मिक पर्व हरेक वर्ष भदौ २२ मा मनाउने चलन छ । त्यस्तै नेवा: राष्ट्रले आजको दिनलाई चथा नखः भनेर मनाउने गर्दछ । चथा नखः लाई गणेश चौथी पनि भन्ने गरेको संयोजक महतोले उल्लेख गरेका छन् ।