
‘त्यसबाट काठमाडौँ महानगरमा मात्रै हजारौँ परिवार भयभित भएका र उपत्यकाका सबै पालिकाका लाखौँ परिवार आशङ्काग्रस्त भएका छन्’, महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एकातिर नागरिकको धन—सम्पत्तिको सुरक्षा गर्नु, सुरक्षाको अनुभूति दिलाउनु राज्यका सबै अङ्गको आधारभूत दायित्व भएको र अर्कोतर्फ जननिर्वाचित संस्थाहरूले जवाफदेहीबाट नभागेर नागरिकसँग संवादका आधारमा सार्वजनिक प्रश्नहरूको समाधान गर्नु पर्नेमा राज्य र जन निर्वाचित संस्थासमेतले आ–आफ्नो दायित्व पूरा नगरेको देखिन्छ ।’
सो पार्टीले यस्तो गम्भीर विषयमा नागरिकलाई सुसूचित गर्न, आवश्यक कानुनी उपचार खोज्न र जनतालाई आश्वस्त पार्न तत्कालै आवश्यक पहलकदमी लिन नेपाल सरकारसँग माग गरेको छ नागरिकका समस्याहरूलाई बेवास्ता नगर्न र उनीहरूसँग संवादका आधारमा समस्यालाई समाधान गर्नेतर्फ अगाडि बढ्न काठमाडौँ महानगरपालिकालगायत उपत्यकाका सबै पालिकाहरूलाई आह्वान गर्दछ । र, जनचासोको यस विषयको समाधान आम नागरिकको पक्षमा होस् भनेर आवश्यक भूमिका खेल्न पार्टीको तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र बागमती प्रदेश सभाका सदस्यहरूका साथै सम्बन्धित पालिकामा रहेका सबै पदाधिकारीहरूलाई आग्रह गर्दछ’, भुसालले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
