
देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक-पटक आउने गरेको छ ।कित्ताकाट खुलेसँगै मंगलबारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।