बि.पी कोईराला को १११औ जन्मजयन्तीको अवसरमा निशुल्क एक दिने दन्त शिविर
zeenepal
२०८१ भाद्र २६,
90
Shares
नेपालगन्ज । बि.पी कोईराला को १११औ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बांके क्षेत्र नं १ द्वारा राप्तीसोनारी वडा वं ४ बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा "निशुल्क एक दिने दन्त शिविरकोआयोजना गर्यो। नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग र राप्तीसोनारी गांउपालिकाको सहकार्यमा सम्पन्न शिविरमा करीव २०० जना सर्वसाधारणले सेवा लिएका थिए।
क्षेत्रीय समिति स्वास्थ्य शाखा संयोजक अन्जु न्यौपानेको सभापतित्वमा सम्पन्न निशुल्क दन्त शिविरको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बांकेका सभापति नारायण प्रसाद गौडेलले उदघाटन गर्नुभएको थियो।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य स्वास्थ्यकर्मी राम बहादुर मल्लले संयोजन गर्नुभएको दन्त शिविर उदघाट्न समारोहमा नेपाली कांग्रेस बांके क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषण केसी,महाधिबेशन प्रतिनिधि लाहुराम थारू,नेपाली कांग्रेस प्रदेश "क"का सभापति अम्बर बहादुर बुढाथोकी र राप्तीसोनारी नेपाली कांग्रेस सभापति भिम बहादुर राना लगायतले आ-आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।यसै गरी आजै नेपाली कांग्रेस बांके क्षेत्र नं १ कार्यसमितिको पुर्ण बैठक पार्टीका सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न भयो।
बैठकले केन्द्रीय समितिको निर्णयानुसार आगामी असोज १ गते देखि शुरू हुने १०० दिने पार्टी सुदृढिकरण अभियान संगै क्षेत्रीय कार्यसमितिले पनि प्रत्येक टोलमा गई कांग्रेसको संगठनलाई मजबुत बनाउने उद्देश्यले स्थानिय जनताहरूसंग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या बुझ्ने र समस्या समाधान गर्ने तर्फ पहलकदमी लिनका लागि "टोल टोल"मा कांग्रेस अभियान संचालन गर्ने निर्णय गरेको छ।त्यसैगरी बैठकले असोज महिना भित्र क्षेत्रीय स्तरको आवासिय प्रशिक्षण कार्यक्रम संचालन गर्ने, क्षेत्र भित्र रहेका स्थानिय तहका जननिर्वाचित प्रतिनिधिहरू र पार्टीका बिच अन्तरकृया कार्यक्रम गर्ने,संबिधान दिवसको अवसरमा संबिधान संशोधनको आवश्यकता र पार्टीको भुमिका बिषयक अन्तरकृया कार्यक्रम गर्ने र १११औ बि.पी.जन्मजयन्तीका अवसरमा यसै हप्ता नरैनापुर गांउपालिकामा पनि निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि निर्णय गरेको छ।त्यसैगरी बैठकले अहिले सम्म पनि कृयासिल सदस्यता नविकरण फाराम क्षेत्रमा नआएको प्रति गम्भिर चिन्ता र चासो ब्यक्त गर्दै अविलम्ब कृयासिल सदस्यता फाराम पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।