काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् ।रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम उक्त रिट निवेदन फिर्ता गरिदिएको छ ।
त्यससँगै १६ भदौमा नेपाल प्रहरीका ९० प्रहरी अधिकारीहरु एकसाथ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।१६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएकाहरु ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए । अवकाशमा गइसकेपछि उनीहरुले उक्त रिटको औचित्य नहुने भन्दै फिर्ता लिन भन्दै निवेदन दिएका थिए ।
ADVERTISEMENT

