
विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उहाँले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहेका छन् ।
साधारणसभाका अवसरमा न्युयोर्कमा आयोजना भएका महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरममा उनको सक्रिय सहभागिता रहेको छ । परराष्ट्रमन्त्री डा राणाले नेपालले संवैधानिक रूपमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोबरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण गराइरहेका छन् ।