बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर सुस्ता झोलुङ्गे पुलको राष्ट्रपति पौडेलले बिहीबार उद्घाटन गरेका हुन् ।सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति समेत शुभारम्भ गरिएको छ । सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको हो ।