
उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रूपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘ प्रतिवेदनले देशभरि पीडामा भएका व्यक्तिहरू (पीडित)को आँसु पुछियोस् । कसैप्रति लक्षित नभईकन सम्बन्धित वर्गहरूको लागि जुन समिति खडा गरेका छौँ उहाँहरूको आँसु पुछियोस् भन्ने मेरो शुभकामना छ ।उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरूको आँसु पुछिनुपर्ने बताइन्