
सयौँ हेक्टर बाली भित्राउने बेला बाढीको कारण नष्ट भएको उनले बताए । घर भित्र थन्क्याएको बाली पनि नष्ट भएपछि किसान मर्कामा परेको उनले बताए । त्यसैगरी सांसद वीरबहादुर बलायरले मौसमको पूर्वानुमान हुँदा हुँदै ठुलो क्षति भएको भन्दै सरकारले आत्मआलोचना गर्नुपर्ने बताए । साथै पूरक बजेट ल्याएर भए पनि तत्काल राहतको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।