काठमाडौं १ असार। सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ ।मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथ जनसंख्यामन्त्री खतिवडाले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको बताए ।सबै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब सरकारले एउटै ऐनबाट चलाउने भएको छ ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको छ ।
अब सबै प्रतिष्ठानमा भिसी रहेर झञ्झट हुनेभन्दा पनि एउटा भिसी राखेर छाता ऐन ल्याएर सबै प्रतिष्ठानलाई सञ्चालन गर्ने गरी मस्यौदा तयार भएको छ । त्यसलाई अन्तिम रुप दिन बाँकी छ’, मन्त्री खतिवडाले भने ।
हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती, कर्णाली, पोखरा, पाटन, मदन भण्डारी, मधेश, र बीपी कोइराला लगायतका स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती सबै प्रतिष्ठानले शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली आ आफ्नै तरिकाले सञ्चालन गरिरहेका छन् ।
ADVERTISEMENT