बागेश्वरी मन्दीरमा यसवर्ष करिब डेढसयले जिब्रो छेडेर
zeenepal
२०८१ आश्विन २५,
30
Shares
नेपालगञ्ज :पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बडादशै नवमीको दिनमा आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि चलि आएको छ ।यसै परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेको बताउछन् बाँके डुडुवा ६ हिरमिनियाका खिलाउन माहुत ।उनले नवमीको दिनभरी आफ्नो शरिरमा देवी प्रवेश गरेपछि जिब्रो छेडेर माताको पूजा गर्ने गरेको बताए ।
उनले दजनौ पटक जिब्रो छेडेर मात्रै माताको दर्शन गरेको बताए मेरो यो भाकल पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडा दशैको नवमी र चैते दशैको नवमीको दिनमा जिब्रो छेड्ने परम्परा रहि आएको अनुसार आफुले पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने गरेको भारत उत्तर प्रदेश बहराईचकां धनिराम यादवले बताए ।उनले भने–‘आफुले जिब्रो छेड्छु भनेर हुँदैन देबीले पनि आर्शिबाद दिनु परो अनि मात्र सफल हुन्छ ।’ उनले आफ्नो भाकल पुरा भएपछि जिब्रो छेडृन आएको बताए ।
नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनहरुले निराहर ब्रत बसेर माता बागेश्वरीलाई खुशी बनाउन आफ्नै रगत चढाउने वा प्रष्ट बोली नफुटेको वालकको बोली फुटाउने उदेश्यले जिब्रो छेड्ेर देवीको पूजाआजा गर्ने चलन रहेको संस्कृत विद डा. राजकुमार सुवेदी बताउछन् ।
नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले त्रिशुल छेडेर पूजा गर्ने परम्परा रहेको छ । पुजा गरिसकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ ।हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गरेका छन् । नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।