कडा सुरक्षाका साथ शान्तिपूर्वक दुर्गामूर्ती विषर्जन गरियो
zeenepal
२०८१ आश्विन २८,
18
Shares
बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गरी राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक आयुष प्रसाद जोशीले बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा ४ सय ५० बढी मुर्ती बिर्शजन गरिएको जानकारी दिए ।
यसैगरी उनले कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा करिव ५० वटा मूर्ती विषर्जन गरिएको जानकारी दिए ।उहाँले विजया दशमीको अवसरमा बाँकेमा स्थापना गरिएका करिव ५ सय दुर्गा भगवतीका मूर्तीहरु शान्ति पूर्वक विषर्जन गर्नको लागि सुरक्षा प्रबन्धका लागि १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक जोशीले बाँकेमा मूर्ती विर्षजन गर्दा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको बताए ।यसैबीच मूति विर्षजनका क्रममा कुनै पनि अपृय घटना नभएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए