प्रिन्स मिश्रा कपिलवस्तु । बडादशैँको अवसरमा कपिलवस्तुको बहादुरगंजमा बनाइएको दुर्गा भवानीको मूर्ति बहादुरगंज बजार परिक्रमा गराई विसर्जन गरिएको छ । दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई स्थापना गरेर ९ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीको दिन प्रहरीको सुरक्षा व्यवस्थाको बिचमा भक्तजनहरू ले नाचगानका साथ मूर्तिलाई बहादुरगंज बजार परिक्रमा गराई विसर्जन गरेका छन ।