नेपालगन्ज, नेपालगन्जको पुरानो सुनचाँदी पसल नेपाल ज्वैलर्सको नयाँ सोरुम नेपालगन्जको धम्बोझीमा खुलेको छ । धन्तेरसको अवसरमा नेपालगन्जका वरिष्ठ अग्रज उद्योगपति कनैयालाल बैद्यले रिबन काटेर श्री नेपाल ज्वैलर्स धम्बोझी सोरुमको उद्घाटन गर्नु भएको हो । सुनचाँदी व्यवसायी मोहम्मद सकिल अहमदले संचालन गर्नु सो रुममा नम्बर १ काँचो सुन, चाँदीका आर्कषक गहनाहरु पाउन सकिन्छ ।नेपालगन्जमा सुनचाँदी व्यवसायीहरु भित्री बजार केन्द्रित भैरहेको बेला नेपालगन्ज सुर्खेतरोड धम्बोझीमा पहिलो पटक सुनचाँदीको पसलका रुपमा श्री नेपाल ज्वैलर्स खुलेको हो ।करिब ४० वर्ष देखि सुनचाँदी व्यवसायमा लाग्नु भएका मोहम्मद सकिल अहमदले संचालन गर्नु भएको शोरुमको उद्घाटन अवसरमा विभिन्न प्रतिष्ठित व्यक्तिहरुको आगमन भएको थियो ।
नेपालगन्जमा प्रतिष्ठित सुनचाँदी व्यवसायीका रुपमा परिचित मोहम्मद सकिल अहमदले सतप्रतिसत शुद्ध सामान बिक्री गर्ने भएकोले ग्राहकको विश्वास जित्दै आएको बताउनु भयो ।उहाँले भन्नु भयो,‘हाम्रो एउटा लोगो छ, जसलाई हेरेर ग्राहकले विश्वास गर्नु हुन्छ । सुनचाँदीका गहनामा हामीले ग्राहकलाई सधै सतप्रतिसत गुणस्तरीय र शुद्ध गहना दिने गरेको छौं । ग्राहकको विश्वासलाई जित्दैं यहाँ नयाँ सोरुम खुलेको छ ।सदरलाइन क्षेत्रमा ग्राहकहरुलाई चाडपर्वको बेला जान समस्या हुने गरेकोले पनि सुर्खेतमा श्री नेपाल ज्वैलर्सको सो रुमको सुरुआत गरिएको संचालक अहमदले बताउनु भयो । नयाँ सोरुमको संचालनमा आएपछि सुन चाँदीका गरगहना खरिद गर्न आउने ग्राहकलाई थप सहज हुने उहाँले बताउनु भयो ।
ADVERTISEMENT