
यहीबिचमा माओवादीमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको र अहिले आएर समझदारी भएको माओवादी स्रोतका भनाइ छ । ‘उहाँ अब छिट्टै पार्टीको सक्रिय राजनीतिमा फर्किनुहुन्छ’, स्रोतले भन्यो ।दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेका हुन् ।