सुर्खेत। आइतबार हुन लागेको उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। महावु गाउँपालिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन्।
यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन्।जाजरकाेटकाे नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन्।यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ ।यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।

