
मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा सञ्चालनमा आउने छ । यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपैयाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुनेछ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ ।
यसअघि संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञहरूसँग छलफल गरेका थिए । उक्त समयमा पाण्डेले आफूले छापाखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय वृद्धि तथा राज्यको खर्च बचत गर्ने योजना अघि ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।